अ बाट अजिब हुन्छ माया
आ बाट आँसु नझार प्रिय
इ बाट इच्छा नराख सानु
ई बाट ईश्वर रिसाउछन् प्रिय
उ बाट उजाड नहुन तिमी
ऊ बाट ऊनी रिसाउँछन् प्रिय
ए बाट एक्लो छौँ भने तिमी
ऐ बाट ऐरो नदिनु कसैलाई
अो बाट अोठ छ भने प्रिय
अौ बाट अौधी चुम्बन दिनु अहिले
क बाट कसम नखाऊ प्रिय
ख बाट खतरा हुन सक्छ
ग बाट गल्ती नगर प्रिय
घ बाट घात हुन सक्छ
ङ बाट ङिच्च नहास प्रिय
च बाट चोट पर्न सक्छ
छ बाट छि नभन प्रिय
ज बाट जित हुन सक्छ
झ बाट झगडा नगर प्रिय
ञ बाट जस्तो सिङले कोप्न सक्छ

ट बाट टोलायौ भने प्रिय
ठ बाट ठट्टा हुन सक्छ
ड बाट ड�र नगर  प्रिय
ढ बाट ढुकढुक हुन सक्छ
ण का तीन धर्का_प्रिय
त बाट तानी हेर्नु पर्छ
थ बाट थकित नहुन प्रिय
द बाट दिल रोकिन सक्छ
ध बाट धड्कन छ है प्रिय
न बाट नचल्ने हुन सक्छ
प बाट पागल नहुनु प्रिय
फ बाट फसाद पर्ने सक्छ
ब बाट बाचा नगर्नु प्रिय
भ बाट भर तोड्न सक्छ
म बाट मुटु नसार्नु प्रिय
य बाट यमराज बन्न सक्छ
र बाट रिस नदेखाउ प्रिय
ल बाट लातो आउन सक्छ
व बाट वाक्क नहुनु प्रिय
श बाट शिक्षा जान सक्छ
ष बाट षड्यन्त्र नरच्नु प्रिय
स बाट समाप्त हुन सक्छ
ह बाट हस्ताक्षर नगर प्रिय
क्ष बाट क्षमा माग्नु पर्छ
त्र बाट त्रसित नहुनु प्रिय
ज्ञ बाट ज्ञानी ले लान्छ तिमीलाई