आयाम
Aayam- A story by Aadi Kshetri (@TheNepalions)
सायद उनि आइसकिछन क्या हो ,बारम्बार मेरो मोबाइल मा फोन हानि रहेकि थिईन। हस्याङ फस्याङ गर्दै उनि भएको ठाँउमा पुगे । रिसाएको भावमा उनले भनिन,"कति बेर लाग्छ र त्यँहि बाट आँउद नि? , यस्तो स्याँ स्याँ हुने भएपछि त बसमै आउनु नि । "उनलाई सान्त्वना दिदै भनेँ ,"आएँ तअब त्यो मुख नफुल्लाउ ,साह्रै नराम्रो देखिन्छ " उनलाई सत्य त भन्नु सक्थिन कि भाडा सम्म पनि थिएन म सँग बसमा आउनको लागि । अन्जान उनले जवाफमा मक्ख पर्दै भनिन,"नराम्रि भएनी के भयो त नि अब तमन पराउने ले मन पराईसके । उनि शनिबार साँझ सँधै मेरो डेरा अगाडीको चोक मा आउँथिन अनि हामि दुबै नजिकैको तालमा कुरा गर्दै डुल्थ्यौँ । कतारको नाकाबन्दिले गर्दा बुबा घरमा आएर बस्नु भएको थियो बहिनि र आमा बुबाको पेट पाल्ने जिम्मेवारि अब मेरै काँधमा थियो ,त्यसैले म चोकको वर्कशपमा ओभरटाईम गर्थेँ ।
 सामान्य कुराकानि सकेर उनले मेरो पाखुरालाइ दुइटै हातले च्याप्दै भनिन , "घरमा बिहेको कुरा गर्न थालेका छन अबको एक हप्ताभित्र रिजल्ट नि आउँछ । बुबा आमासँग कुरा गर्छौ कि म आफैँ भनुँ ? " कुरा टार्दै भनेँ , " थाहा छ ! हाम्रो गाँउको गाईले बाच्छि पाएछ नि ?"कुरा टारेको बुझिछिन केरे आँखा तर्दै भनिन "हैन यो मान्छेको मलाई भित्र्याउने सोच छैन क्य हो? " । मैले पनि उनलाइ सम्झाउदै भनेँ "अल्लि दिन रोक न परिवारलाई म आफ्नो घरमा कुरा गर्छु पहिले । त्यसै त तिम्रो बुबालाई उपाध्याय बाहुन खोजिरहेका छन । मागेर त म क्षेत्रि,त्यो पनि बेरोजगारलाई देलान जस्तो मान्दिन म"। "अनि तेसो भनेर माग्नै नगई बस्नु नि त हैगर्न दिनु अरु सँगै बिहे ,निम्तो मान्न आउनु होला नि पक्कै?" चिन्ता अनि रीस मिसाएर भनिन उनले ।
 दुबैको मन राजि हुँदा हुँदै नि सँगै बस्न नपाउने भएका थिँयौ हामि । हामि दुईको बीचमा समाजले जलाएको जातभातको अग्नि थियो अनि त्यसैमाथि मेरो असम्पन्नता त्येस अग्नि माथि घिउ बनेको थियो । उनका बुबा पुराना आदर्शमा केन्द्रित भएर सोच्थे । सिधा भन्दा उनि जातिय विभेद को पुजारि थिए । यहाँ सम्म कि उनले आफ्नो पेशा अनि मैत्रि जिबनमा पनि जात जानेर व्यबहार गर्थे । म उनको जवाफमा केहि भन्न सकिन । मेरो मौनताले उनको मनलाई झन अत्ताईदियो । म तिर हेर्दै उनले आफ्नो अनुहार मलिन बनाइन । उनको आँखाको गहमा आँशु भरिदै आएको म देख्न सक्थे । खस्न ठिक्क परेका आँशुलाई रोक्दै "म भोलि आउँछु तिम्रो घर" भने ।
 क्रमशः