पुरुषलाई पुरुष बनाउने यी मेरा दाह्री
थोरैले सुन्दर त थुप्रैले देखे झाडी
मात्र अलिअलि टुसा पलाउछन् यी केटामा
बिस्तारै जवानीमा परिणत हुन्छन् यी ठेटामा
जति पटक फाले पनि फेरी उग्छन् यिनी
कोही ठाडा, कोही घुम्रे, त कोही नुग्छन् यिनी
नरको पहिचान
मेरो दाह्रीलाई
विरक्तता, कुरुपता ठान्नेको जमात यहाँ
अाफ्नो अनुहारमा जडित यिनलाई पाइन मैले बढाउन
परिवार, समाजको निम्ती प₹यो बलिदान मैले चढाउन
हो म हारे!!
कोहीले बौलाह, संकाह
त कोहीले ISIS, अल्कायदाको सदस्य जस्तो भने
त कोहीले
नराम्रै देखिएर पनि अाकर्षण तान्न खोज्ने भने
कोहीले
दाह्री त लामै भएछ
अब,
लटा अझै बढाएर
भाङ्ग, धतुरो सुरु गर्दा भो भने
त न्युनले
साधु, सन्त, महात्मा हुन खोजेको कि क्या हो भने
अाफु भन्दा दोब्बर उमेरकाको दाईमा गनिए
कतै डाँका, त कतै काका भनिए
दाह्री काट्नको लागी पैसा नभए
पत्ति, रेजर किनिदिन्छु सम्म भने
डर लागेमा सैलुन जान एक्लै
सँगै हिडिदिन्छु सम्म भने
कृपया यो दाह्री काट भनी हात समाए
कसैले हातमा पैसा पनि थमाए
भन्छन,
यो जवानीमा नै किन बुढो हुन रोजेको?
के हो? के भयो हँ? के गर्न खोजेको?
म सक्दिन
कसैको पनि उत्तर फर्काउन
हो म हारे!!
समाजका केही व्यक्तिले
मेरो परिवारमा
दाह्रीलाई अातंक, हिंसाको प्रतिक हो भन्ने भावना जगाएर
सुन्दरता, सुशीलताको विपरितार्थी हो भन्ने गराएर
अागोको झिल्का फ्यालिदिए
रन्क्यो अागो ठुलो मुस्लो दन्किनेगरी
उनिहरुले घरमा राको  बालिदिए
अामाको दिनहुको कचकच
छोरो बिग्रियो कि अाफ्नो
भन्ने मन भित्रको खटपट
अामालाई छोराको पिरले सतायो
समाजले नाना थरीका कुराले अत्तायो
पितजी त बोल्नुहुन्न धेरै यो विषयमा
अाफनो जवानीमा
म जस्तै
दाह्री बढाउनु भा'थ्यो कि उहाँले पनि?!
म जस्तै
हारेर दाह्रीको बलिदान चढाउँनु भा'थ्यो कि उहाँले पनि?!
दाह्रीलाई बढाएर अाफ्नो गालामा सजाउन सकिन
अाफुले दाह्री नफाल्नुको कारण बुझाउन सकिन
हो म हारे!!
तसर्थ,
तिलाञ्जली दिदैँछु म मर्दको सान
राख्दैछु ए समाज म तेरो मान
हो
म अब सुन्दर देखिन्छु अरे
यो समाजका
राम्रा मान्छेको सुचीमा लेखिन्छु अरे
अामाको चित्त सन्तुष्टिको लागी
यो समाजको लागी
हो म हारे!!
हो म हारे अामा!!
हो म हारे समाज!!
हो म हारे!!