पहिले जुम्रा पर्ने उसको शरीरमा आजकल किरा पर्न थालेको छ । पहिले हरियालीमा रमाउने उसका आँखा आज शहरको धुवाँले थाकिसकेको छ । उसका आँखा आज नदेखिने आँसु ले भरिएको छ, उ हाड छालामा मात्र सिमित छ र उसको मुखमा पिडाका सेता फिजहरु देखिएका छन: बेसहारा गोरु
             उसका दात आजकल हरियाली होइन फोहोरभित्रको प्लास्टिक र कचरालाइ चपाउनमा ब्यस्त छन । उसको खुट्टाको टाप अब बज्ने खाले रहेनन् र उ कहिले फलफूल दोकानबाट खेदिएको छ त कहिले तरकारी पसलबाट । उ बाध्यताअघि घुडा टेकेर नाम मात्रको जिन्दगी जिउँदै छ । उसलाई आफुले एक पटक कराउदा  छेवैमा घाँस ल्याएर राखिदिने माहिली दिदिको याद आउँछ तर यो ब्यस्त सन्सार म उ सयौंपटक कराउदा पनि सुनिदिने कोही छैनन । आफ्ना बिगतका ती स्वर्णिम यादहरुलाइ चियो गरेर हिड्नु बाहेक उसङ अरु केही बिकल्प छैन। हिजो गाउका सारा खेतबारी जोत्न सक्ने उसङ आज एक पटक कराउन सक्ने सामर्थ्य पनि  छैन ।  उ आजकल एकोहोरो भएर हिड्न थालेको छ् । त्यस्तैमा उ हिड्दा हिड्दै एक ब्यस्त रोड पार गर्न थाल्दछ , जब उ  रोडको बिचमा के पुगेको थियो तब एक अजङ्गको ठूलो ट्रकले उसलाई हान्यो। उ  पर सम्म घिसारिएर छट्पटाउन  थाल्यो । उसको ढाडबाट रगत अविरल बगिरहेको थियो भने मुखबाट फिज , त्यो गोरुको हालत देखेर बचाउन पर्ने मानवता त्यहाबाट हराएको थियो । उ केहि बेरसम्म जीवन र मरणको दोसाँधमा तड्पिरहेको थियो र अन्तिममा उ रहेन।
कसैलाइ केही वास्ता छैन उसको , लामो समयपछि  नगरपालिकाको एउटा गाडी आउँछ जसमा उसलाई हालेर लगिन्छ ।
             हो,  यस्तै गाइगोरुहरु आज हाम्रै आगाडी मरिरहेका छन , तर हामी मौन छौ  । यहासम्म कि देवता मानेर पुजिने गाइलाइ समेत हाम्रो समाजले थारो भएपछी लखेट्न थाल्दछ
। हो, लखेट्दैमा हाम्रो घरको समस्याको समाधान त होला तर ति  बस्तुभाउ जाने शहरी इलाकामा समस्या झन वृद्धि हुन्छ । त्यसैले जवानी भरी दूध र सेवा गर्दै आएका इनि गाइगोरुलाइ बुढेसकालमा लख्ट्ने होइन भित्री मन देखि सेवा गरौ ।
         #STOP_STREET_COWS