हे मेरा पुर्खा र मेरा वीर
हान्यो तिमलाई मुटुमा तीर
भारतले यस्तो गर्यो किन
बनाएछ भित्रै तुच्छ मन
यस्तो हामलाई किन गरिस्
राक्षस् जस्तो किन बनिस्
आज देखाछस् तेरो चैन
भोली देख्लास् हाम्रो पैन
नतोक हामलाई गरिब राष्ट्र
बनाउँछ तँलाई भविष्यमा भ्रष्ट
म को हुँ चिनिनस् तैंले
नेपाल आमाको छोरो हुँ अहिले
अहिलेको मात्र होइन म
नेपालको एउटा सपूत म
नमिच तैंले सिमाना हाम्रो
भविष्यमा पाउँछस् दण्ड राम्रो
प्रकृतिको जस्तो बाडी बनाइस्
हाम्रो तराई तैंले डुबाइस्
नसोच तैंले सबै मेरो
भस्म हुन्छ राष्ट्र तेरो
तेरो यो भेषभूषा देख्दा
हाम्रो सोजो नेपाललाई ठग्दा
तैंले किन झुटो बोल्छस्
गौतम बुद्ध मेरो भन्चस्
नेपाली जनताका आँसुका धारा
खानेछस् तैंले चट्कानका तारा
आए भने वीर नेपाली त्यहाँ
तेरो राष्ट्र काँहा हो काँहा
गरेको छैनस् तैंले सन्धि
अब हुन्छ तेरो देश बन्धि
परिस् तँ हाम्रो वीरको रिसमा
नमीच अब हाम्रो देशको सिमाना