बेलुका सुत्दा नेपाली र बिहान उठ्दा भारतिय बन्छ उ । उसलाई थाहा छ उसको शरीरमा नेपाली रगत बग्दछ भनेर तर पनि उ विवश छ भारतीय भुमिमा मुर्छित परेर बाच्न । उ आवाज उठाउन कोशिस गर्छ तर सबै बहिरा भैदिन्छ्न , बेकारमा जान्छ उसको सुगारटाइ । उसलाई याद छ सानै कक्षादेखि पढ्दै गौरविलो इतिहास तर पनि आज उ वर्तमानमा इतिहास देखि टाढिएको छ । घरको न घाट्को भएको उसका वेदनाका नेपाली आशु भारतीय भुमिमा खस्दछन । आफ्नै घर छेउ रहेको सिमा छुट्याउने पिल्लरले उसलाई बेलुका सुत्दा नेपाली र बिहान उठ्दा भारतिय बनाइदिएको छ ।
                पहिले उसले जङे र दसगजा पिल्लरबाट आफू पारि भारत देख्थ्यो भने अहिले नेपाल ।उ मात्र होइन यहाँ लाखौं नेपालीहरु एकै रातमा भारतीय राष्ट्रिय गान गाउन विवश हुन्छन। उसकै  अगाडी आज सिमानाको रङ्गमन्चमा नाटक देखाइदै छ तर उ दर्शकझै मौन रेहेर हेर्न बाध्य हुन्छ ।
उ यो नाटकको बिरोध गर्न आगाडि बढे पनि उसको आखा आगाडी गोबिन्द गौतमको तस्बिरहरु झल्किन्छन । 
तसर्थ ,
यो उसको इच्छा होइन ,नसोचेको सपना हो ,
यो देशको इच्छा होइन , नचाहेको  बिपना हो ।