आमा त दैब हुन
उहाँको पछ्यौरी पुष माघ को जाडोमा
घाम बनेर आउँछ
घुडाको घाउमा रगत रोक्ने
पट्टी बनेर आउछ
मलाई खाना पस्किदा भान्छा उतार्ने
सापो हुन्छ।
मैले हजार-दुइको कपडा चाहिने
आमा डेढसयको किन्नु हुन्छ
त्यो उहाँको घर बस्दा को लागि हो
त्यो उहाँको गाउको सम्मेलनमा जाँदा लाई हो
त्यो उहाँको  पाहुना आउदा को लागि हो
त्यो उहाँको मामाघर जादाको लागि
अनि बजार जादा को लागि हो ।
महँगो म लगाउथे ,
तर धेरै उहाँको आचल टिक्थ्यो
महँगो मसङ्ग थियो ,
तर बहुउपयोगी उहाँकै आचँल
आचँल झुत्रो होस ,
मेरो पोशाक नयाँ हुन्थ्यो,
कपाल जिङ्गृङ्ग तर मेरो कपाल सधैं
तेल लगाएर चिल्लो हुन्थ्यो ।
कति मेरो रगत रोक्यो होला त्यो आँचलले
कति पटक निमोनिया सङ्ग लड्यो होला
अनि कति आशु आफुभित्रै सुकाएर
नुनिलो भयो होला त्यो आँचल
त्यो आँचल पस्मिना को हैन होला
तर हिरा को भाउमा नि किन्न सक्दैनन् कोहि ।
हो आज पनि डर लाग्दा
त्यही आँचल मा लुक्छु ,
मलाई सानो सोचेनि सोच
मलाई कायर सोचेनी सोच,
मलाई आमाको आँचल नचाहिने जति
ठुलो बन्नु छैन ,
मलाई आमाको आँचल नचाहिने जति ,
बहादुर बन्नु छैन ,
मलाई आमाको आँचलमा नअट्ने जति
ठूलो बन्नु छैन।