अप्रेसनले गर्दा,अस्पतालमा ठिटा(θ)
फलफूल लिई गएको छ,साथी भेट्न बिटा(β)
रातभरि कुरिबसे उनका प्यारा मामा
भोलि भेट्न जान्छु,भनेको छ गामा(ζ)
रुदै बसेकी छ,यता उसकी प्यारी इटा(η)
मेजर अप्रेसनको,डाक्टर रैछ डेल्टा(δ)
२२मन्दिर ७ गुम्बा,जमेको छ पाईπ
लुकीलुकी नेब्ला(ς)ले,ठिटाको खाजा खाई
सुन साथी अल्फा तिमी, ठिटा(θ)भेट्न जाउ
डाक्टर भन्छन् ल्याम्डा(λ)तिमी,अौषधी किनी ल्याउ
ठिटा सुन्चो भयो भने, रमाउने छ (φ)फाई
नाचने हो सबैजना त्रिकोणमितीमा आई