जहाँ गह भरिएको आँसुको ढिक्का हुन्छ त्यहा मायाको पाहिलो चल्छ। जहाँ अोठ देखाई मुस्कुराएको हाँसो हुनछ त्यहा कुनै रहस्य लुक्छ। बादल सरी उडी हिड्ने मायापनि भेटिन्छ अरे। रानो नछोडी बस्ने मौरी जस्ता जोडी पनि बन्छन् अरे। चङ्गा जस्तो होइन माया धर्तीबाट चलाउनु पर्ने। एक सुरो हुन्छ माया दुबै तर्फ अाड चाहिने। सुन्दर पानी बोकी बग्ने झरना पनि कुनै दिन थेचारिनुपर्छ। चिन्दै नचिनी माया गर्नेहरु त क्यारिमबोर्डका गोट्टी झै ठोकिनुपर्छ। रुपले होइन माया खोज्ने बलले होइन माया रोज्ने। जहाँ मुटु ढुकढुक गर्ने त्यहाँ सबको माया पुग्ने। माया कुनै पहराको डिस्कामा होइन कुनै खोलाको अन्तरमा होइन त्यो हुन्छ आफ्नै मनमा जहाँ हुन्छ अनौठो चाहाना। पैसामा होइन माया बस्ने सुखमा होइन आँसु खस्ने जहाँ दई आत्ममको भेट हुने त्यहाँ वरको पर मन मिल्ने।।